FAQs Complain Problems

किशोरीहरुको लागि जीवनउपयोगी सीप तालिम सम्बन्धि जानकारी

जयपृथ्वी नगरपालिका  नगरकार्यपालिकाको कार्यालय, महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०७५/०९/२२ गते देखि २०७५/०९/२७ गते सम्म किशोेरीहरुको लागि जीवनउपयोगी सीप तालिम सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न संस्थामा आवद्द २५ जना किशोरीहरु रहेका थिए । किशोररीहरुलाई आत्मसम्मान,आत्मबल, आत्मविश्वास बढाउने, योन तथा प्रजनन स्वास्थ्य,जीवनमा आइपर्ने विभिन्न समस्या चुनौतीलाई सजिलै समाधान गर्ने जस्ता आधारभुत कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न मदत पुर्याउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो । यसको बजेट रु १,८०,००० (एक लाख असी हजार ) रहेको थियो ।